म्याग्दीको भ्यू टावर र अन्नपूर्ण हिमश्रृङ्खलाको मनोरम दृश्य !

म्याग्दी । प्रस्तुत तस्बिर म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसेमा निर्माण भएको भ्यू टावर र अन्नपूर्ण हिमश्रृङ्खलाको हो । केहि वर्ष अघिसम्म ओझेलमा परेका म्याग्दीका पर्यटकीय क्षेत्रहरु भ्यू–टावरलगायतका पूर्वाधार निर्माणसँगै आन्तरिक पर्यटक आकर्षित हुन थालेका छन् ।
समुन्द्री सतहदेखि २ हजार २२० मिटर उचाईमा अवस्थित रुईसेको थापाकोटमा भ्यु टावरलगायतका पर्यटन पूर्वाधार निर्माण भएसंगै पर्यटकहरुको आगमन बढेको हो । रुइसेको फेदीदेखि भ्यू टावरसम्मको उकालो बाटोमा गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा २०० मिटर पक्की र ११५ मिटर ढुंगे सिढीसहितको पदमार्ग पनि निर्माण गरिएको छ।
रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे भेडिओढारबाट नजीकबाट उदाएको सुर्य, पश्चिममा रहेको धौलागिरी, अन्नपु्र्ण, नीलगिरि र गुर्जा जस्ता दर्जनौ हिमालको दृष्य देखिन्छ । जसका कारण पर्यटक आकर्षित भएका छन् ।
तस्बिर : रासस
प्रतिक्रिया