शुक्रबार, वैशाख ७, २०८१

विवेकशीलका संयोजक मिश्रको प्रस्ताव पार्टीको आधिकारिक होइन : मिलन पाण्डे

नेपालखोज २०७८ साउन ११ गते २०:२४

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टीमा संघीयताको खारेजी र धर्म निरपेक्षता बारे जनमत संग्रह गर्नुपर्ने अवधारणा छलफलमा ल्याएपछि अर्का संयोजक मिलन पाण्डेले भने व्यक्तिगत विचार भन्दै असहमति प्रकट गरेका छन् ।

संयोजक पाण्डेले पार्टीको घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी भएको बताउँदै विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी दृढ रहेको बताएका छन् ।

संयोजक पाण्डेले सामाजिक संजाल फेसबुकमा मिश्रको नाम उल्लेख नगरी बाकी विचारहरू नितान्त व्यक्तिगत रहेको बताएका छन् ।

उनले भनेका छन् – घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो । विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी दृढ छ । बाकी विचारहरू ‘नितान्त व्यक्तिगत’ हुन् ।

प्रतिक्रिया