शुक्रबार, चैत १६, २०८०

महालक्ष्मी विकास बैंक: मुस्कानसहितको सेवामा अब्बल

महामारीको अवधिमा पनि निक्षेप तथा कर्जा दुुवैमा सुधार, खुद मुनाफा ७३ करोड नाघ्यो

नेपालखोज २०७८ साउन १२ गते १०:०८

काठमाडौं । ‘मुस्कानसहितको सेवा’ भन्ने मुख्य नारासहित वित्तीय कारोबार सञ्चालन गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को महामारीको असहज परिस्थितिमा पनि आफ्नो वित्तीय परिसूचकहरूलाई निकै सबल राख्न सफल भएको छ । बैंकको सञ्चालन एवं व्यवस्थापन समिति र कर्मचारी संयन्त्रको कुशल व्यवस्थापकीय क्षमताका कारण बैंकले यस अवधिमा आफ्नो निक्षेप तथा कर्जा दुवैमा सुधार गर्दै निकै लोभलाग्दो खुद मुनाफा आर्जन गर्न सफल भएको हो ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/०७८ को चौथौ त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकले ७३ करोड २९ लाख १६ हजार दुुई सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैकले आर्जन गरेको यो मुनाफा अघिल्लो आवको तुलनामा झन्डै ३० करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंकको यस्तो मुनाफा ४२ करोड ८५ लाख ६४ हजार ६ सय ७३ रुपैयाँ मात्र थियो ।

चुक्ता पुँजी तीन अर्ब ३४ करोड २४ लाख दुई हजार सात सय २५ रुपैयाँ रहेको बैंकले आव ०७७/७८ को चौथो त्रैमासमा ३८ अर्ब ६० करोड ९२ लाख ४९ हजार नौ सय ६६ रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख ७४ हजार तीन सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले ३६ अर्ब ९७ करोड ६१ लाख ६९ हजार २७ रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४३ करोड ८१ लाख १८ हजार ६ सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यसैगरी आव ०७७/७८ मा एक अर्ब ५६ करोड ७३ लाख २६ हजार आठ सय ४३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरण नाफा ५६ करोड ३८ लाख ५५ हजार नौ सय ५१ रुपैयाँ छ । यस अवधिमा प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ एक सय ६४ रुपैयाँ ७५ पैसा छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी एक सय तीनवटा शाखा र ३४ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । नियमनकारी निकाय नेपाल राष्ट्र बैकले निर्दिष्ट गरेको ऐन, नियमको परिधिभित्र रहेर सञ्चालनमा रहेको बैंक संस्थागत सुशासनको पक्ष निकै बलियो छ । सोही कारण पनि बैंकले हालसम्म आईक्यानबाट बेस्ट प्रिजेन्टेड अवार्ड (बीपीए) २०१८ र बंगलादेशबाट साफा २०१८ अवार्ड प्राप्त गरिसकेको छ ।

बैंकमा हाल सञ्चालक समिति अध्यक्षमा राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृतका रूपमा बोधराज देवकोटा छन् । सञ्चालन एवं व्यवस्थापन प्रमुखका रूपमा रहेका यी व्यक्तित्वहरूको कुशल व्यवस्थापकीय एवं सञ्चालकीय क्षमता र सिंगो महालक्ष्मी बैंक परिवारलाई साथमा लिएर जान सक्ने स्पष्ट दृष्टिकोण र दीर्घकालीन लक्ष्यकै कारण आजको स्थान ओगट्न सफल भएको हो ।

प्रतिक्रिया