देशभर माैसम बदली, चार प्रदेशमा हुँदै छ भारी वर्षा

नेपालखोज २०७८ साउन १२ गते ७:०४

काठमाडौं । हाल मनसुनी न्यून चापिय रेखा नेपालको पश्चिमी तराई भू-भाग नजिक रहेको छ ।

जसका कारण देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था जारी रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम विश्लेषण गर्दै आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा बिहानसम्म प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको जनाइएएको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षा हुने क्षेत्रका नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया