टोकियो ओलम्पिकमा आज नेपालका एलेक्सले प्रतिस्पर्धा गर्ने
नेपालखोज
२०७८ साउन १२ गते ९:४४

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा आज (मंगलबार) नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले आज दिउँसो ३ः४५ बजे १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहेका छन् । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका छन् ।
एलेक्स रहेको हिट १ मा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी रहेका छन् ।
टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । एलेक्ससँगै गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन् ।
गौरिकाको प्रतिस्पर्धा भने बुधबार रहेको छ । गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्ने छिन् ।
सम्बन्धित
प्रतिक्रिया