शुक्रबार, वैशाख ७, २०८१

सुनको मूल्य घट्यो, आजको भाउ कति ?

नेपालखोज २०७८ साउन १२ गते ११:१०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन आज तीन सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार एक रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदी आज तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार र सोमबार चाँदी १२ सय ७० रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया