शनिबार, जेठ ५, २०८१

खतरनाक हुनसक्छ वाईफाईको बढि प्रयोग

नेपालखोज २०८० वैशाख १३ गते ९:०९

काठमाडाैं । कतै तपाईको घरको वाईफाई (WiFi) रातभर त चल्दैन ? रातभर वाईफाई चल्नु निकै खतरनाक हुन्छ । वाईफाईको विद्युत चुम्बकीय तरंगहरू र इन्टरनेटको अत्यधिक प्रयोगले निद्रामा प्रत्यक्ष असर गर्छ । यसले अनिद्राको समस्या निम्त्याउन सक्छ । वाईफाईको विकिरण तरंगहरूले हामीलाई मानसिक रूपमा असर गर्छ।

मानिस अहिले धेरै यस्ता कुराले घेरिएको छ, जुन बाहिरबाट नदेखिए पनि उसको लागि निकै खतरनाक मानिन्छ । वाइफाइ पनि यीनै बस्तु मध्ये एक हो। वास्तवमा सञ्चार प्रणाली तगा प्रविधिले जनताको स्वास्थ्यलाई उनीहरूले दिएको सुविधाभन्दा बढी हानी गरेको छ । वाईफाईले पनि यस्तै बस्तु हो । यसलाई बेवास्ता पनि गर्न सकिन्छ, विशेष गरी जब हनमि यसलाई प्रयोग गर्दैनौं ।

राम्रो कनेक्टिभिटी संगै धेरै रोग

राम्रो कनेक्टिभिटी र तिब्र इन्टरनेट स्पीडका लागि हामी घरमा वाइफाइ स्थापना गर्छौं । यद्यपि यसको कारणले हामी गम्भीर बिरामी समेत हुन सक्छौं । वाइफाइबाट निस्कने विद्युत चुम्बकीय तरंगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ किनभने वाईफाई राउटरबाट धेरै प्रकारका विकिरणहरू निस्कन्छन्, जसले डिप्रेसन, अनिद्रा र उच्च रक्तचाप जस्ता रोगहरू निम्त्याउँछन ।

वाईफाई बाट के कस्ता रोग लाग्न सक्छ ?

वाईफाईको विद्युत चुम्बकीय तरंगहरू तथा इन्टरनेटको अत्यधिक प्रयोगले हाम्रो निद्रामा असर गर्छ । यसले अनिद्राको समस्या निम्त्याउन सक्छ। वाईफाई को विकिरण तरंगले हामीलाई मानसिक रूपमा असर गर्छ । इन्टरनेटको अत्याधिक प्रयोगले पनि मानिसको स्मरणशक्तिमा असर गरिरहेको छ । यसले अल्जाइमरको समस्या निम्त्याउँछ।

कसरी जोगिने ?

आजको समयमा सबैलाई राम्रो र तिब्र गतिको इन्टरनेट चाहिएको छ र यो बिना हाम्रा धेरै काम पूरा हुन सक्दैनन् । यद्यपि, यसको खराब प्रभावबाट जोगिन हामी यसको प्रयोग सीमित गर्न सक्छौं। आवश्यक हुँदा मात्र यसको प्रयोग गरेर राति सुत्दा वाइफाइ अफ गर्ने प्रयास गर्नु एउटा राम्रो उपाय हो । यसो गर्नाले विकिरण तरंग र विद्युत चुम्बकीय तरंगहरुबाट आफू मात्र जोगिइदैन बिजुलीको बचत समेत हुनेछ ।

प्रतिक्रिया