शुक्रबार, चैत १६, २०८०

२९ अंकले नेप्से बढ्दा १५ अर्ब १७ करोडको सेयर किनबेच

नेपालखोज २०७८ साउन १२ गते १५:४३

काठमाडौं । नेप्से पुुन उच्च अंकले बढेको छ । अघिल्लो दिन आठ दशमलव ५४ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने पुन: २९ दशमलव २४ अंकले बढेर तीन हजार ७९ दशमलव ६७ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १९ अंकले बढेर पाँच सय ७४ दशमलव ३० अंकमा पुगेको छ । दुई सय २५ वटा कम्पनीहरुको एक लाख ४१ हजार छ सय २५ पटकको कारोबारमा तीन करोड २३ लाख ५५ हजार दुई सय ६० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १५ अर्ब १७ करोड छ लाख ५१ हजार छ सय ४३ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज चारवटा समूहको सूचक घटेर नौवटा समूहको सूचक बढेकाछन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ६३ अंकले घटेर दुई हजार एक सय २८ दशमलव ३४ अंकमा झरेकामा लघुवित्त, ट्रेडिङ र होटेल तथा पर्यटन समूहको सूचक पनि घटेका छन् ।

विकास बैंक समूहको सूचक भने आज ३५ दशमलव ५७ अंकले बढेर चार हजार सात सय ८९ दशमलव ५५ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सूचक पनि एक सय २० दशमलव २६ अंकले बढेर १४ हजार छ सय ११ दशमलव ७० अंकमा चढेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि दुई सय ६० दशमलव शून्य आठ अंकले बढेर १७ हजार नौ सय २१ दशमलव ८५ अंकमा चढेकोमा जलविद्युत, फाइनान्स, उत्पादनमुलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

आज घलेम्दी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ७२ रुपैयाँ ९० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा सर्पोट लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव ४२ प्रतिशतले घटेर दुई हजार सात सय ३८ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज एनआईसी एसिया बैंकको प्रतिकित्ता एक हजार ५६ रुपैयाँ अन्तिम मूल्यमा ४९ करोड चार लाख ३४ हजार २० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया