स्वदेश फर्कन चाहनेलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा भएको आङ्कवादी आक्रमणका कारण त्रासमा बसेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा सांसद विमला सुवेदीले इजरायलमा भएको आङ्कवादी हमलापछि स्वेदश फर्कन चाहने दुई सय चवन्न जनालाई पहिलो खेपमा आज बिहान उद्धार गरिएकामा त्यसको स्वागत गर्दै स्वदेश फर्कन चाहनेलाई सबै नेपालीलाई ल्याउन सरकारसँग आग्रह गरे ।
सांसद रघुजी पन्तले इजरायलमा मारिएका व्यक्तिका पारिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै सम्पर्कविहीन भएका एक जनाको खोजी गर्न सरकारले कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद मनिष झाले इजरायलबाट केही नेपालीलाई ल्याइएकामा त्यसको स्वागत गर्दै स्वदेश आउन चाहने सबैलाई ल्याउन सरकारसँग आग्रह गरे ।
सांसद रमा कोइराला पौडेलले इजरायलमा धेरै महिला सुसारे भएर गएकाले घर फर्कन चाहने उनीहरूलाई पनि फर्काउनुपर्नेमा जोड दिईन् ।
प्रतिक्रिया