पूर्वसभामुख महराले पाए उच्च अदालतबाट पनि सफाइ
नेपालखोज
२०७८ साउन १२ गते १६:३२

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको हो ।
संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो । महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए ।
बलात्कारको आरोपका कारण महराले सभामुख पदबाट राजीनामा दिनु परेको थियो ।
सम्बन्धित
प्रतिक्रिया