शुक्रबार, वैशाख १४, २०८१

महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुँदै

नेपालखोज २०७८ साउन १२ गते १६:३८

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रा. लि. ले यही २०७८ साल श्रावण १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ ।

महिन्द्राका सम्पूर्ण फोरव्हीलर गाडीहरुको ३०-पोईन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुको सेवासुविधालाई मध्यनजर गरिएको यस सर्भिस क्याम्पमा गाडीको ३०–पोईन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ ।

महिन्द्रा मनसुन सर्भिस क्याम्प यही श्रावण १४ र १५ गते नेपाल अधिराज्यभरका सम्पूर्ण आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन गरिँदैछ ।

यस क्याम्पमा सहभागी भई भरपुर फाईदा लिनका लागि ग्राहकहरुले चाँडै नै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ्ग गर्नु पर्नेछ । साथै, ग्राहकहरुले बुकिङ्गको लागि दिईएका टोल फ्री नम्बरहरु-१६६००१००२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा पनि सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया