शनिबार, जेठ ४, २०८२

लुम्बिनीका मुख्यमन्त्री पोखरेल विश्वासको मत लिन तयार

नेपालखोज २०७८ साउन १२ गते १७:५५

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विश्वासको मत लिन तयार भएका छन् । जनता समाजवादी पार्टीको विवाद निर्वाचन आयोगले टुङ्गो लगाएपछि मुख्यमन्त्री पोखरेल विश्वासको मत लिन तयार भएका हुन् ।

प्रदेश सरकारले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बैजनाथ चौधरीले प्रदेश सरकारले छिट्टै विश्वासको मत लिने बताए । त्यसको तयारी पनि सुरु भइसकेको उनले बताए ।

८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाको महन्थ ठाकुर पक्षका तीन सांसदको समर्थन प्रदेश सरकारलाई थियो । जनता समाजवादी पार्टीका तीन जना सदस्य कांग्रेस, माओवादी र जनमोर्चाको गठबन्धनमा रहेका छन् । विपक्षी गठबन्धनसँग सभामुखबाहेक ४१ सांसदको समर्थन छ । अब जसपाको विवाद टुङ्गो लागेपछि उसको सिङ्गो समर्थन विपक्षी गठबन्धनलाई हुने निश्चित जस्तै छ । नाटकीय कुनै परिवर्तन भएन भने मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना छैन्।

प्रतिक्रिया