राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त
नेपालखोज
२०७८ साउन १२ गते १९:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.विश्व पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा युवा अर्थशास्त्री विश्व पौडेललाई नियुक्त गरेको हो ।
पौडेलले यसअघि पनि योजना आयोगमा रहेर काम गरि सकेका छन् । उनले अन्तर्राष्ट्रिय श्रम संगठनमा रहेर पनि काम गरिसकेका छन् ।
त्यस्तै बैठकले योजना आयोगको सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया