आइतबार, जेठ ५, २०८२

नेपालमा डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला, तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न अनुरोध

नेपालखोज २०७८ साउन १२ गते १९:४२

काठमाडौं । नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ४७ वटा नमुनाको परीक्षण भारतको दिल्लीमा गरेकोमा तीन वटा नमुनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्तिमार्फत जनाएको छ । जसलाई ‘ए वाई वान’ नाम दिइएको मन्त्रालयले जनाएको छ ।

उत्परिवर्तन भएको यो भेरियन्टलाई डेल्टा प्लस नामले चिनिने गरेको छ । नेपालमा अहिलेसम्म अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टको रूपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरू सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने अध्ययनले देखाएको मन्त्रालयले जनाएको छ ।

संक्रमणको जोखिम बढीरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्र्दै संवेदनशील भएर जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न र तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया