आइतबार, जेठ ५, २०८२

जसपाले गर्‍यो लुम्बिनी प्रदेशसभाका ३ सांसदलाई कारबाही

नेपालखोज २०७८ साउन १२ गते १९:४९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरेको हो ।

पार्टी निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । जसपाको निर्णयको आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरु सांसद नरहेको भनी सूचना प्रकाशन गरेको थियो । उनीहरू तीनै जना जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षका प्रदेशसभा सदस्य हुन् ।

पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विपरीत रिट लिएर सर्वोच्च अदालत गएका उनीहरुको पद सर्वोच्चको आदेशमा थमौती भएको थियो । उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि फेरि ती सांसदहरुलाई कारबाही गरेको हो ।

प्रतिक्रिया