आज देशभर पानी पर्ने, कहाँ हुँदै छ भीषण वर्षा
नेपालखोज
२०७८ साउन १३ गते ७:४९

काठमाडौं । आज देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी वायु देशका पश्चिम भेगमा बढी सकृय रहेकाले आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो र राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना छ । अन्य भेगका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ र बाग्मती प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षा हुन महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया