बिहीबार, चैत १५, २०८०

टोकियो ओलम्पिक : आज गौरिकाले प्रतिस्पर्धा गर्ने

नेपालखोज २०७८ साउन १३ गते ८:४५

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने भएकी छन् । गौरिकाले दिउँसो ३ः४५ बजे महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने खेल तालिका छ ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छन् । यस हिटमा ४ खेलाडी छन् । जसमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी छन् ।

१३ औं सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा छन् । यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।

टोकियो ओलम्पिकमा पौडीबाट नेपालका पुरुष खेलाडी एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स)ले मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन् । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए ।

प्रतिक्रिया