आइतबार, जेठ ५, २०८२

सुनचाँदीकै मूल्य सामान्य बढ्याे

नेपालखोज २०७८ साउन १४ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज बढेको छ । चाँदी आज तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया