राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

नेपालखोज २०७८ साउन १४ गते ११:२१
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई शपथ खुवाएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनले शपथग्रहण गराएका हुन् । आफ्नो शपथग्रहण लगत्तै उपाध्यक्ष डा. पौडेलले प्रधानमन्त्री देउवाको उपस्थितिमा आयोगका सदस्यहरू रामकुमार फुयाल र दिलबहादुर लिम्बू गुरूङलाई शपथग्रहण गराएका छन् ।

प्रतिक्रिया