पत्रकार मञ्चलाई ‘फुड अफ लभ’

काठमाडौं । बोधिसत्व विहार काठमाडौंले कोभिड–१९ का कारण परेको प्रभाव न्यूनीकरणमा सहजीकरण गर्ने उद्देश्यले नेपाल पत्रकार मञ्चलाई खाद्य सामग्री ‘फूड अफ लभ’ प्रदान गरेको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई विहारका अध्यक्ष हुवाइ गुयाङ, इन्टरनेसनल युथ सोसाइटीका अध्यक्ष डा. पियारत्न महर्जन र त्रिरत्न स्कुल स्वयम्भूका प्रिन्सिपल राजु लामाले संयुक्त रुपमा ‘फुड अफ लभ’ हस्तान्तरण गरे ।

कार्यक्रमा अध्यक्ष गुयाङले विश्वव्यापी फैलिएको कोभिड–१९ बाट परेको प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव न्यूनीकरण गर्न सहयोगी भूमिका खेल्ने पत्रकारका लागि मानवीय सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘म बुद्धको अनुयायी भएकाले विश्वभरि शान्तिको सन्देश प्रवाह गर्ने क्रममा नेपाली समुदायमा अहिलेको परिस्थितिमा सहयोगी हातमार्फत जोडिन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।’ मञ्चलाई यसअघि स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया