स्वास्थ्यमा भएकाे भ्रष्टाचार छानबिन गर्न माग
नेपालखोज
२०७८ साउन १४ गते १३:०४

काठमाडाैं । नेपाली कंग्रेसका नेता धनराज गुरुङले स्वास्थ्यमा भएकाे भ्रष्टाचार छानबिन गर्न माग गरेका छन् । उनले बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर हस्पिटल काठमाडाैं तथा पाटन हस्पिटल ललितपुरमा भ्रष्टाचार भएकाे भन्दै त्यसको छानबिनकाे माग गरेका हुन् ।
गुरुङले एक ट्विटमार्फत त्यस्तो माग गरेका हुन् । उनले लेखेका छन, ‘सरकार! विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर हस्पिटल काठमाडाैं र पाटन हस्पिटल ललितपुरमा भएको करोडौं भ्रष्टाचारका काण्डहरुका साथै स्वास्थ्य सामाग्री खरिद (ओम्नी) काण्डको छानबिन गरेर काम देखाऊ। जनताको स्वास्थ्यमा खेलवाड गर्ने भ्रष्टहरुको जरो उखेलेर जनपक्षीय काम गर !’
सम्बन्धित

प्रतिक्रिया