नेपालकाे पूर्वी सीमावर्ती जिल्ला झापा काेराेनाले आक्रान्त

काठमाडाैं । नेपालकाे पूर्वी सिमावर्ती जिल्ला झापा अहिले काेराेनाले आक्रान्त छ । झापामा बढदाे काेराेना संक्रमणले यसलाई अहिले काेराेनाबाट सबैभन्दा बढि दुस्पभावित जिल्ला बनाएकाे बताइन्छ ।
कोभिड-१९ को सङ्क्रमण उच्च भएपछि झापाका दशवटा नगरपालिका मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा तथा बिर्तामोडमा शिलबन्दी गरिएकाे छ ।
कोभिडको सङ्क्रमण फैलिन नदिन बाध्यात्मक रुपमा सिलबन्दी गरिएकाे बताइएकाे छ । झापाका पन्ध्र नगरपालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबल पनि चाडैं सिलबन्द हुनसक्ने समाचारमा जनाइएकाे छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क्रमण बढिरहेको पालिकाले नै आवश्यकतानुरूप सिलबन्दीको निर्णय गर्नसक्ने बताएका छन् ।
‘जिल्ला कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा सिलबन्दी गर्न थालिएको हो’, प्रजिअ तिम्सिनाले भने, ‘सर्वसाधारण, व्यवसायी र पेशाकर्मीहरु सबैलाई सिलबन्दी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अपिल गरिएको छ ।’
सिलबन्दीको अवधिमा अत्यावश्यक सूचीका सवारी साधनबाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको, बजार बन्द गरिएको र सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरिएको बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीले बताए ।
झापामा विगत दुई सातादेखि कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ । हरेक पालिकाले अहिले सात दिनको सिलबन्दीको घोषणा गरेका हुन् । सिलबन्दी पछि त्यहाँ मुख्य राजमार्गबाहेक भित्री सडकमा सार्वजनिक तथा निजी यातायातका साधन गुडेका छैनन् ।

प्रतिक्रिया