फोहोर व्यवस्थापन गर्न ‘जिरोवेस्ट’ पद्धति
वाग्मती सफाइ अभियानको शैलीमा परिवर्तन गर्न पुडासैनीको आग्रह

काठमाडौं । वाग्मती सफाइ अभियान जारी रहेको बताउँदै अभियन्ता उत्तम पुडासैनीले अभियानको शैलीमा परिवर्तन आउन जरुरी रहेको बताएका छन् ।
उनले भने, वाग्मती सफाइ अभियानबाट प्रारम्भ भएको अभियान अहिले फोहोरबाट मल बनाउने, कौसी खेतीगर्ने, फोहोर व्यवस्थापनका अनेक उपाय अवलम्बन गर्दै जिरोवेस्ट पद्धतिमा प्रबेश गरेको छ । अब घरको फोहोर घरबाहिर निकाल्न पाईन्न भन्ने सन्देशलाई ब्यापक तुल्याइनु पर्ने अभियन्ता पुडासैनी सोचाइ छ । यसको लागि उनले आफूसँग फोहोर ब्यवस्थापन बारेमा अनेक उपायबारे जानकार २५ जना प्रशिक्षकको समूह रहेको बताए ।
वाग्मती सौन्दर्यीकरण आयोजना संचालन हुँदैगर्दा समुदाय परिचालनको जिम्मेवारी बहन गरेको आईडीएसबाट माथिल्लो भेकमा फोहोर ब्यवस्थापनसम्बन्धी बिबिध कार्यक्रम र प्रशिक्षणहरु सञ्चालन भएका थिए । त्यहाँ उनीहरुले वाग्मती सुन्दरता सरोकार मञ्चका नाममा माथिल्लो भेगका धेरै संघसंस्थाहरुसंगको समन्वयमा बिबिध क्रियाकलाप सञ्चालन गरेका थिए । उनले स्थानिय सरकारहरु उल्लेखनिय रुपमा सकारात्मक नहुँदा पनि आईडीएस सँगकोसहकार्यले फोहोर ब्यवस्थापनमा निकै ठुलो फड्को मारेको सत्य भएको बताए । सफाइ संस्कृती निर्माणमा ठूलो फड्को मार्न नसकिए पनि चेतना बिस्तारमा ब्यापकता छाएको उनको बुझाइ छ ।
सिनामंगलभन्दा तल्लो भेकमा वाग्मती सौन्दर्यीकरण आयोजना संचालन हुँदै छ र आईडीएसले समुदाय परिचालनको जिम्मेवारी पाएको छ । अभियन्ता पुडासैनीले तल्लो तटीय वाग्मती अभियन्ताहरु आईडीएससँग सहकार्य गर्दै वाग्मती सफाइ लगायत सफाइ संस्कृति निर्माणमा समुदायलाई अब्बल बनाउने अवसर जुट्न अपिल गरेका छन्।

प्रतिक्रिया