शुक्रबार, फागुन ११, २०८०

पछिल्लो चौबीस घण्टामा ३,३६५ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

नेपालखोज २०७८ साउन १४ गते १६:३८

काठमाडौं । नेपालमा पछिल्लो साता कोरोना संक्रमणदर दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो चौबीस घण्टामा मात्रै ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ९० हजारर ६४२ र एन्टिजेन विधिबाट ५९ हजारर ३८० पुगेको छ ।

त्यस्तै,चौबीस घण्टामा १ हजार ३७३ कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९४ दशमलव १ प्रतिशत रहेको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ९ हजार ८०७ पुगेको छ ।

प्रतिक्रिया