जम्मु कश्मीरमा मुसलधारे वर्षा : ७ जनाको मृत्यु, १९ जना बेपत्ता
नेपालखोज
२०७८ साउन १४ गते २०:५९

कश्मीर । जम्मु कश्मीरको किश्तवाड जिल्लामा मुसलधारे बर्षाका कारण सात जनाको मृत्यु भएको छ । समाचार संस्था एएनआइका अनुसार अन्य १२ जना घाइते हुनुका साथै १९ जना बेपत्ता भएका छन् ।
मुसलधारे वर्षाका कारण एक गाउँनै ध्वस्त भएको स्थानियले बताएका छन् । त्यहाँको अबस्थाको बारेमा जानकारी दिँदै जिल्ला विकास समितिकी सभापति पुजा देबीले उपराज्यपालले त्यहाँको परिस्थितिलाई नियाल्न अनुरोध गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया