शुक्रबार, चैत १६, २०८०

नेप्से ३ हजार ७९ दशमलव ८३ अंकमा सीमित, सातामा ६७ अर्ब ७४ करोडको सेयर काराेबार

नेपालखोज २०७८ साउन १५ गते ११:२६

काठमाडौं । यो साता नेप्से उच्च बिन्दुमा पुग्न सफल भएको छ । पाँच कार्य दिनमध्ये तीन कार्य दिन नेप्से लगातार बढेर ३१ सय अंकसम्म पुग्न सफल भएको छ भने सेन्सिटिभ इन्डेक्स पनि यो साता नयाँ उचाईमा पुग्न सफल भएको छ ।

नेप्से तीन हजार ७९ दशमलव ८३ अंकमा पुगेर रोकिँदा सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ७० दशमलव ८५ अंकमा पुगेर रोकिएको छ । सोही आधारमा यो साता नेप्सेमा झन्डै ७० अर्ब रुपैयाँको सेयर किनबेच भएको छ ।

दुई सय २५ वटा कम्पनीहरुको छ लाख ६३ हजार छ सय ९६ पटकको कारोबारमा १६ करोड ७५ लाख ६६ हजार एक सय १४ कित्ता सेयर किनबेच हुँदा यो साता कुल कारोबार रकम ६७ अर्ब ७४ करोड छ लाख ३९ हजार एक सय ४५ रुपैयाँ पुग्न सफल भएको छ ।

यो कारोबार रकम गत साताको तुलनामा झन्ड २५ अर्ब रुपैयाँले बढी हो । गत साता भने दुई सय २२ वटा कम्पनीहरुको चार लाख २३ हजार तीन सय ३१ पटकको कारोबारमा १५ करोड ४० लाख छ हजार सात सय दुई कित्ता सेयर किनबेच भएका थिए भने कारोबार रकम ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार नौ सय ८५ रुपैयाँ पुग्न सफल भएको थियो ।

नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुल्ला रहेको भएपनि यो साता पहिलो, तेस्रो र चौथो कार्यदिन नेप्से सूचक तथा कारोबार रकम दुबै उच्च अंकले बढेका थिए भने दोस्रो र पाँचौं दिन नेप्से सूचक तथा कारोबार रकम दुवै नै खुम्चिएको थियो ।

सोही आधारमा पहिलो दिन ५४ दसमलव ३१ अंकले बढेर तीन हजार ५८ दशमलव ६३ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिन भने १५ दशमलव ११ अंकले घटेर तीन हजार चार ७९ दशमलव ८३ अंकमा सीमित हुन पुगेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन ११ दशमलव ७४ अंकले बढेर पाँच सय ७४ दशमलव दुई अंकमा पुग्न सफल रहेकोमा अन्तिम दिन तीन दशमलव ४७ अंकले घटेर पाँच सय ७० दसमलव ८५ अंकमा सीमित हुन पुगेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा ङादी ग्रुप पावर लिमिटेड, नेशनल हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।

यसैगरी सेयर कारोबार भएको संख्याको आधारमा भने नेशनल हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी, आदि परेका छन् ।

सुचीकरणतर्फ भने यो साता आइएमई जनरल इन्स्योरेन्स कम्पनी, सेन्ट्रल फाइनान्स, नेपाल हाईड्रो डेभलपर लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था सहितका चारवटा कम्पनीहरुको बोनस तथा साधारण सेयर नियमित कारोबारका लागि सुचीकृत भएका छन् ।

प्रतिक्रिया