जसपाको विवादमा अध्यक्ष ठाकुरले दायर गरेको रिटमाथि सुनुवाइ सुरु

नेपालखोज २०७८ साउन १५ गते १३:२०

काठमाडौं । सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा)को विवादमा अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ ।

निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्य कायम गर्ने विषयमा गरेको निर्णयविरुद्ध ठाकुरले साउन ८ गते दायर गरेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो ।

प्रतिक्रिया