मंगलबार, वैशाख १८, २०८१

मेगा बैंकको एकैदिन ६ शाखा विस्तार

नेपालखोज २०७८ साउन १५ गते १४:१४

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज (शुक्रबार) एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश १ मा एउटा, वाग्मती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखा विस्तार गरेको हो ।

प्रदेश १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ । वाग्मती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका २ बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका ७, विकास चोकमा र सोही महानगरपालिकाको वडा नं. १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

त्यसै गरी लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका १८, कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १, एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए । योसँगै अब मेगा बैंकको शाखा संख्या १८४ पुगेको छ । निकट भविष्यमै थप १० नयाँ शाखाहरु सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया