शुक्रबार, वैशाख १४, २०८१

सीताले फेयर ब्रेक इन्भिटेस्नल प्रतियोगिता खेल्ने

नेपालखोज २०७८ मंसिर १८ गते १७:३५

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् ।

राजधानीमा आज सिताले एक कार्यक्रमको आयोजना गरेर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेस्नल २०२२ खेल्ने जानकारी गराएकी हुन् । सीताले खेल्न लागेको फेयर ब्रेक इन्भिटेस्नल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त महिला ट्वान्टी–२० प्रतियोगिता हो ।

यससँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी भएकी छिन् । सीताले सहभागिता जनाउन लागेको प्रतियोगिता आउँदो वर्षको मे १ देखि १५ तारिखसम्म हङकङमा हुँदैछ ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । भारतीय र पाकिस्तानी चर्चित खेलाडीले समेत सहभािगता जनाउने प्रतियोगितामा सीताले खेल्ने टोलीको टुङ्गो लागेको छैन। सीतालाई अन्तर्राष्ट्रिय खेलको अवसर दिलाउन क्विन्स इभेन्ट मेनेजमेन्ट प्रा.लिले सम्वन्य गरेको छ ।

प्रतिक्रिया