‘विदेश नीति आफूलाई उँचो देखाएर अरुलाई होच्याउने विषय हाेइन’

काठमडौं । सत्तारूढ दल नेपाली कांग्रेस नेता प्रदीप गिरिले देशको विदेश नीति आफूलाई उचो देखाएर अरुलाई होच्याउने विषय नभएको बताएका छन् । एमाले नेता भीम रावलले एमसीसीका विषयमा प्रश्न उठाएर राष्ट्रघात हुन लागेको भनेपछि नेता गिरिले त्यसको जवाफ दिएका हुन् ।
रावलपछि विशेष समयमा बोलेका गिरीले आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिन उभिए पनि रावलका भनाइबाट केही भन्न मन लागेको बताएका थिए ।
उनले भनेका छन्, ‘मैले झन्डै ५५ वर्षदेखि नजिकबाट चिन्दै आएका शेरबहादुर देउवा नेतृत्वको सरकारलाई शुभकामना दिन उभिएको हुँ । शुभकामनासँगै केही आशंकाहरु पनि छन्, अहिले मात्रै विपक्षका विद्वान मित्रले प्रश्न उठाउनुभएको छ । म उहाँको टिप्पणीमा अहिले नै टिप्पणी गर्न चाहन्न । तर, एमसीसी जस्ता प्रस्तावहरु अन्यत्रबाट पनि आएका होलान् । भारत चीन, अन्य देशबाट पनि त्यस्ता प्रस्ताव आएका होलान् । तर, हरेकजसो देशमा वैदेशिक लगानी होलान्, तर ती देशमा हाम्रो जस्तो विदेश नीतिका विषयमा तथ्यहीन मतभेद होलान् ?’ उनले प्रश्न गरेका छन् ।

प्रतिक्रिया