चौबीस घण्टामा ३ हजार ६११ संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ८१६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७८३ जनाको पीसीआर परीक्षणबाट २ हजार ४६७ र ४ हजार ८७८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार १४४ जना गरी जम्मा ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ०१४ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ५२ हजार २६१ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ३९० र आइसोलेसनमा ३१ हजार ०१४ जना रहेका छन् ।
नेपालमा हालसम्म ६ लाख ९३ हजार १०९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया