‘कम्युनिस्ट पार्टीहरूको एकता छिन्नभिन्न हुँदा पनि शीर्ष नेतामा पश्चाताप छैन’

विराटनगर । विराटनगरका केही वाम बुद्धिजीवी , समाजसेवी तथा राजनीतिज्ञहरुले आज एक विज्ञप्ती जारी गर्दै कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र दुई ठूला कम्युनिष्ट पार्टीहरूको एकता खन्डित मात्र नभएर दुवै पार्टी छिन्नभिन्न अवस्थामा पुगेको तर नेपालि कम्युनिष्ट आन्दोलनको यस्तो दुर्दशा हुदापनि शिर्ष नेताहरूलाई केही पश्चाताप नभएको बताएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘उहाँहरूमा शक्तिको उन्मादले बुर्जुवा चेतना विकसित भएको देखिन्छ जसले कम्युनिष्ट शिद्धान्त र आदर्शलाई विस्थापित कम्युनिष्ट शिद्धान्त र आदर्शलाई विस्थापित गरी सामूहिक चिन्तन र सामूहिक नेतृत्वको ठाउॅमा व्यक्तिवादलाई हाबी गराएको छ ।’
‘उहाँहरू अझैपनि आफ्ना कमी कमजोरीहरूलाई स्वीकार गर्ने र त्यसलाई सच्याउने तर्फ नलागि त्यसलाई ढाकछोप गर्दै व्यक्तिगत महत्वाकांक्षाको लागि कम्युनिष्ट आन्दोलनलाई नै बिसर्जन गर्न तयार देखिनु भएको छ ।’
सामाजिक अभियन्ता केशवप्रसाद गौतम , सामाजिक अभियन्ता शिवबहादुर कार्की , वरिष्ठ अधिवक्ता देवीबहादुर घिमिरे , वामबुद्धिजीवी प्राध्यापक डा. खगेन्द्र आचार्य , वामबुद्धिजीवी प्रध्यापक डा. मिनराज ढकाल, वरिष्ठ राजनितिज राधेश्याम दली, वरिष्ठ राजनितिज्ञ दलबहादुर छाया (दलु ‘छाया’), वरिष्ठ अधिवक्ता रमेशप्रसाद कोइराला , वामबुद्धिजीवी दुर्गाप्रसाद दाहाल , समाजसेवी रंगनाथ प्याकुरेल,अधिवक्ता बिनोद सुबेदी , समाजसेवी दामोदर घिमिरे तथा समाजसेवी विष्णु सुबेदीको उक्त वक्तव्यकाे पूर्णपाठ :
क. पुष्पलाल र क. मनमोहन अधिकारीले प्रारम्भ गरेको र हामी जस्ता हजारौ कम्युनिष्ट कार्यकर्ताहरूले रगत पसिना बगाएको नेपालको कम्युनिष्ट आन्दोलन समाप्त नहोस भनी हामीले शिर्षनेतृत्वलाई पटक पटक आग्रह गरेका थियौ तर देश भित्र र देश बाहिरका भचिन्तकहरूका आग्रहलाई वहॅाहरूले सुन्नुभएन ।
फलस्वरूप नेकपाका शिर्ष नेताहरूलको ब्यक्तिगत महत्वाकांक्षा र सत्ता स्वार्थका कारण दक्षिण एशियाको सबैभन्दा शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा समाप्त भयो ।
त्यसले गर्दा हामीले दुई तिहाईको कम्युनिष्ट सरकार गुमाई सक्यौं । नेकपा एमालेको सरकार पनि गुमाई सक्यौ।कम्युनिष्ट पार्टी एमाले र माओबादी केन्द्र दुई ठूला कम्युनिष्ट पार्टीहरूको एकता खंडित मात्र भएनन दुबै पार्टी छिन्नभिन्न भएको अवस्था छ तर नेपाली कम्युनिष्ट आन्दोलनको यस्तो दुर्दशा हुदापनि नेकपाका शिर्ष नेताहरूलाई केही पश्चाताप छैन ।
वहॅाहरूमा शक्तिको उन्मादले बुर्जुवा चेतना बिकसित भएको देखिन्छ । जसले कम्युनिष्ट शिद्धान्त र आदर्शलाई बिस्थापित गरी सामुहिक चिन्तन र सामुहिक नेतृत्वको ठाउॅमा ब्यक्तिबादलाई हावी गराएको छ ।
वहॅाहरू अझैपनि आफ्ना कमी कमजोरीहरूलाई स्वीकार गर्ने र त्यसलाई सच्याउने तर्फ नलागि त्यसलाई ढाकछोप गर्दै ब्यक्तिगत महत्वाकांक्षाको लागि कम्युनिष्ट आन्दोलनलाई नै बिसर्जन गर्न तयार देखिनु भएको छ । हामी ५६ (५७ बर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेकाहरूका लागि यो भन्दा ठूलो दुखस्को बिषय अरू के हुन सक्दछ रु
राजा र कांग्रेसबाट देशको बिकास हुन नसकेपछि अब एमाले र माओबादी दुई कम्युनिष्ट पार्टी मिलेकाले नेकपाबाट देशको बिकास हुन्छ कि भनेर जनताले नेकपालाई झण्डै दुई तिहाई मत दिएका थिए। अहिले पनि देशका ६६ प्रतिसत जनता कम्युनिष्टका पक्षमा देखिन्छन ।
जनताले नेकपा फुटने र नेकपाको सरकार ढल्ने कुरा शोचेको पनि थिएन । नेकपाका नेताहरूको नेकपा फुटाउने र संसद बिघटन गर्ने कार्य जनचाहना र जन भावना बिपरित भएकोले अहिले जनता कम्युनिष्ट पार्टीबाट निराश भएका देखिन्छन तसर्थ यदि फुटेर नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचनमा गएमा जनताले कम्युनिष्टहरूलाई मत दिने सम्भावना पनि देखिदैन ।
त्यसोहुनाले अझैपनि हामी नेकपा एमालेका नेताहरूलाई आपसमा मिलेर जान र आफ्ना गल्तिहरूलाई मार्क्सबादी लेनिनबादी पद्धति अनुसार सच्याउदै नेपालको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन आग्रह गर्दछौ ।
हाल एमालेका दुबै पक्षका बीचमा केही सकारात्मक कुराहरू देखापरेका छन। नेकपा एमालेका दोश्रातहका नेताहरूले पार्टी एकताका लागि गरेका प्रयास सराहनीय छ। वहाँहरूले निर्णायक भूमिका निर्वाह गर्न अब ढिलो गर्नु हुदैन ।
तर हामीले होसियारीका साथ अगाडि बढनु पर्दछ किनभने हामीलाई मिल्न नदिन देशी बिदेशी शक्तिहरू सक्रिय छन। उनीहरू जसरी भएपनि नेकपा एमालेलाई फुटाउने अभियानमा छन् ।
माधब नेपाल कमरेडलाई शेरबहादुर देउवाको गठबन्धन सरकारमा सामेल गर्ने उनीहरूको प्रयास पनि त्यसैको एउटा अंग हो ।त्यसैले उनीहरू अहिले माधब कमरेडको प्रशंसा गरेर थाक्दैनन ।
तर हामीले शत्रुपक्षले प्रशंसा गरेकोमा सतर्क हुनु पर्दछ किनभने हाम्रो समाजमा शत्रुपक्षको प्रशंसालाई स्वभाविक मानिदैन। गठबन्धनका नेताहरूले भन्दैमा माधब नेपाल जस्तो इतिहास बोकेका नेताले नेकपा एमाले फुटाउने वा गठबन्धन सरकारमा सहभागि हुने कुरा हामी सोच्न पनि सक्दैनौं ।
तसर्थ माधब नेपाल जस्तो अनुभवी नेताले स्थितिको गाम्भिर्यतालाई विचार गरी नेकपा एमालेलाई एकताबद्ध गर्न निर्णायक भूमिका खेल्नुहुने अपेक्षा गरेकाछौं ।
त्यस्तै पार्टी अध्यक्ष केपी ओली कमरेडले पनि नेकपा एमालेको एकतालाई सुदृढ गर्न सबै नेता तथा कार्यकर्ताहरूलाई सहज र सम्मानपूर्ण ढंगबाट नेकपा एमालेमा रहेर काम गर्ने वातावरण निर्माण गर्ने आफ्नो अभिभावकीय जिम्मेवारी पुरा गर्नु हुनेछ भन्ने अपेक्षा गरेका छौं ।

प्रतिक्रिया