बिहीबार, चैत १५, २०८०

डर्टी पिक्चरको डर्टी कथा

नेपालखोज २०७८ साउन १५ गते १७:१८

काठमाडौं । राज कुन्द्रासँग मिलेर पोर्नोग्राफी बनाएको आरोप झेलिरहेका अभिनेत्री-मोडल गहना वशिष्ठ र रोवा खान समस्यामा फस्दै गएका छन् । मुम्बई पुलिस सूत्रको हवाला दिँदै दुई पीडित युवतीले प्रहरीलाई दिएको बयान सार्वजनिक भएको छ । जसमा उनीहरुले आफूलाई अश्लील भिडियो छायांकनका लागि बाध्य तुल्याइएको आरोप लगाएका छन् । ती दुवैले मुम्बईस्थित मड आइल्यान्डको एक घरमा आफ्नो भिडियो सुट गरिएको बताएका छन् ।

पीडितको बयान
भारतीय वेबसाइट ई-टाइम्समा प्रकाशित रिपोर्टअनुसार एक पीडित युवतीले रोवा खानले धम्क्याउँदै दबाब सिर्जना गरी आफ्नो अश्लील भिडियो छायांकन गरिएको आरोप लगाएकी छन् । अर्की पीडित युवतीले गहना वशिष्ठमाथि गम्भीर आरोप लगाउँदै आफूलाई डर-धम्की देखाएर शारीरिक सम्बन्ध राख्न बाध्य तुल्याइएको दाबी गरेकी छन् ।

यी दुई पीडित युवतीमध्ये एउटीको उमेर २० वर्ष छ । उनी २०१६ देखि नै हिन्दी तथा मराठी धारावाहिकहरुमा कार्यरत थिइन् । यसबीच उनको भेट अजित नामक एक पुरुषसँग भयो । अजितले नै १० जनवरी २०२१ मा उनलाई कास्टिङ डाइरेक्टर नरेश र मितुलसँग परिचय गराइदिए । एक कन्फ्रेंन्स कलका क्रममा नरेशले ती युवतीलाई एक वेब सिरिजमा काम गर्ने अफर दिए , जुन वेब सिरिज एक रानीको कथामा आधारित थियो । नरेशले ती युवतीलाई उक्त वेब सिरिजको छायांकन मड आइल्यान्डमा भइरहेको बताउँदै यो कामका लागि भारु १० हजार दिने कुरा बताए ।

गहनाले मलाई फर्कने बेलामा फेरि धम्की दिँदै भनिन्- यो सुटका बारेमा कसैसँग कुनै कुरा नगर्नू । पुलिसकहाँ जाने कुरा सोच्दै नसोच्नू अन्यथा त्यसको परिणाम गम्भीर हुनेछ ।

पीडिताले आफ्नो बयानमा भनेकी छन्, ‘नरेशले मलाई मुम्बईको मलाड स्टेसननजिक भेट्न बोलायो । त्यसपछि उसले मलाई मालवानी इलाकाको ग्रिन पार्क हाउसमा लिएर गयो । त्यहाँ नरेशले मलाई उक्त वेब सिरिजको निर्माता-निर्देशक गहना वशिष्ठ भएको जानकारी दियो । त्यहाँ मेरो मेकअप गर्ने व्यक्तिको नाम उमेश थियो । केहीबेरपछि गहना वशिष्ठ मेरा लागि पहिरन लिएर आइपुगिन् र ती पहिरन लगाई म उक्त बंगलोको बगैंचामा पुगें, छायांकनका लागि । त्यहीँ बगैंचामा गहनाले मलाई मेरो भूमिका बताइन् र भनिन् यो वेब सिरिज राजा-रानी र तीनजना पुड्के (होचा मानिस) को कथामा आधारित छ ।

गहनाले गराइन् जबरजस्ती सुटिङ
पीडित युवतीको आरोप छ कि- गहनाले उनलाई फेरि अर्को पहिरन लगाउन दिइन् । त्यो पहिरन नै आपत्तिजनक थियो त्यसैले ती युवतीले थप काम गर्न अस्वीकार गर्दै फर्कने अनुमति मागिन् । उनको कुरा सुनेर गहना वशिष्ठले उनलाई धम्की दिइन् । ती युवती भन्छिन्- उनले मलाई यो सिरिजको छायांकनमा १० लाख भारु खर्च भएको र आफू फिर्ता भए त्यो १० लाख हर्जाना तिर्नुपर्ने कुरा बताइन् । मैले गहनालाई भने कि मसँग त्यति पैसा छैन । त्यसपछि आकाश नामको युवक कोठामा आयो र मसँग शारीरिक सम्बन्ध राख्न थाल्यो । जब एकपटकको सुटिङ सकियो तब मैले गहनासँग आफूलाई फर्कन अनुमति दिन अनुरोध गरें । गहनाले मलाई फर्कने बेलामा फेरि धम्की दिँदै भनिन्- यो सुटका बारेमा कसैसँग कुनै कुरा नगर्नू । पुलिसकहाँ जाने कुरा सोच्दै नसोच्नू अन्यथा त्यसको परिणाम गम्भीर हुनेछ ।

मुम्बई पुलिसले सुरक्षाका कारण यी दुवै युवतीको नाम गोप्य राखेको छ । यी दुवै युवतीको बयानमा गहना वशिष्ठ र रोवा खानले आफूहरुलाई अश्लील कन्टेन्टमा काम गर्न बाध्य गराइएको दाबी गरेका छन् । गहनाले अब मुम्बई पुलिसको अपराध शाखामा हाजिर भएर यो पोर्नोग्राफी मामिलामा आफ्नो बयान दर्ता गराउनुपर्नेछ ।

रोवा खानको कुरा
ई-टाइम्सका अनुसार अर्की पीडित युवतीको उमेर २५ वर्ष छ । जसले मराठी, भोजपुरी तथा हिन्दी चलचित्रहरुमा सानोतिनो भूमिका निर्वाह गरेकी छन् । सन् २०१८ मा उनको परिचय रौनक नाम गरेका एक कास्टिङ डाइरेक्टरसँग भएको थियो जसले उनलाई वेब सिरिज र सर्ट फिल्महरुमा काम दिलाउन मद्दत गरेका थिए । यही फेब्रुअरीको सुरुवातमा रौनकले ती युवतीलाई रोवा खानका साथ एक प्रोजेक्टमा काम गर्ने अफर दिए । आफ्नो बयानमा ती पीडित युवतीले भनेकि छन्- ‘२ फेब्रुअरी २०२१ मा रौनकले मलाई मलाडमा भेट्न भने । रोवा र रौनक एउटा कारमा त्यहाँ पुगे र मलाई मड आइल्यान्डको मालवानी इलाकास्थित ग्रिन पार्क हाउसमा पुर्‍याए । त्यहाँ मलाई असहज अनि निकै छोटा पहिरन लगाउन लगाएर एक स्क्रिप्ट दिइयो । त्यसक्रममा रोवा खानले मलाई २५ हजार (भारु) पारिश्रमिक दिइने जानकारी दिइन् ।

पीडित युवतीले बयानमा भनेकी छन्- पहिले मलाई ‘सिंगल मदर’ शीर्षकको स्क्रिप्ट दिइयो । पछि फेरि के भनियो भने म त्यो भूमिकामा फिट हुन्न किनभने म धेरै पातली छु । त्यसपछि मलाई ‘बर्तन वाली’ शीर्षकको अर्को स्क्रिप्ट दिइयो । स्क्रिप्ट पढेपछि मलाई निकै अनौठो लाग्यो र मैले रोवासँग भनें कि म यसमा काम गर्न सक्दिनँ । त्यसपछि रोवाले आफूलाई आश्वस्त तुल्याउँदै आममानिसले यो शो हेर्न नपाउने र यसका लागि अलग चार्ज तिर्नुपर्ने कुरा बताएको पीडित युवतीको बयानमा उल्लेख छ ।

रोवा खानले उनलाई चलचित्रमा उनको असली नाम र पहिचान उल्लेख नगरिने कुरा पनि बताइन् भने उसको अनुहार पनि नदेखाइने जानकारी दिइन् । रोवाले उनलाई फकाउँदै भनिन्- सबैजसो हिरोइनहरु ठूलो ब्रेक पाउनु अघिसम्म यस्तै फिल्ममा काम गर्छन् । ती युवतीका अनुसार यति कुरा भने पछि उनलाई एउटा भिडियो बाइट रेकर्ड गर्न भनियो । ती युवतीका अनुसार त्यसमा उनले मोबाइल क्यामेरामा हेर्दै भन्नुपर्ने थियो- ‘हाई , मेरो नाम शनाया हो । मैले हट हिट च्यानलको एउटा निकै बोल्ड वेब सिरिजमा काम गरेकी छु । मेरो बोल्ड लुक हेर्न हट हिट च्यानल डाउनलोड, लाइक र सब्सक्राइब गर्नुहोस् । मलाई यो वेब सिरिज कतै पनि रिलिज हुँदा केही आपत्ति छैन ।
-भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया