चीनमा कोभिड-१९ को नयाँ भेरियन्ट ह्वात्तै बढ्याे

काठमाडौं। चीनमा कोभिड–१९ को नयाँ भेरियन्ट पछिल्लो साता ह्वात्तै बढेको छ ।
डेढ वर्ष पहिले वुहान शहरमा विध्वंश मच्चाएको कोभिड केही महिनापछि चीनमा नियन्त्रणमा आएको थियो । तर पछिल्लो समय वुहानको भन्दा कम भएपनि बेइजिङ महानगरपालिकासहित चीनका अन्य पाँच प्रान्तसम्म संक्रमण बढ्दो क्रममा फैलिएको बिबिसीले जनाएको छ ।
यो डेल्टा भेरिएन्ट पूर्वी चीनको जाङ्सु प्रान्तको राजधानी नान्जिङबाट फैलिएको हो । पछिल्लो संक्रमणलाई वुहानपछिकै सर्वाधिक संक्रामक परिस्थिती भएको ग्लोबल टाइम्सले जनाएको छ । गत जुलाईमा उक्त नान्जिङ विमानस्थलमा पहिलो संक्रमण पुष्टि भएको थियो । हालसम्म त्यहाँ २०० जना वढीमा संक्रमण भेटिएको छ ।
यसअघि स्थानीय संक्रमण न्यून हुने गरेपछि लामो दूरीको यात्राको ट्रान्जिट थलो भएकाले पनि नान्जिङ एयरपोर्टमा संक्रमण फैलिएको हो । हुनान प्रान्तको अर्को पर्यटकीय थलो र जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म अवतारको छायांकन स्थल झान्जियाजीमा पनि व्यापक संक्रमण फैलिएको खबरमा जनाइएको छ । बेइजिङमा बिहीबार झान्जियाजीबाट फर्किएका दुईजनामा संक्रमण भेटिएको हो ।
चीनमा संक्रमण फैलिनुमा संक्रामक डेल्टा प्रजाति कारक रहेको पेकिङ युनिभर्सिटीका विज्ञ वाङ ग्वाङफाले जनाएका छन् ।
प्रतिक्रिया