प्रदेश २ बाहेक सबै प्रदेशमा भारी वर्षाको सम्भावना
नेपालखोज
२०७८ साउन १६ गते ६:४९

काठमाडौं । मनसुनी वायुको प्रभावले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का केहि र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागकाअनुसार आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राती कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको हुने पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया