पर्यटकका लागि सीमा खोल्दै साउदी अरब

काठमाडौं । साउदी अरबले पर्यटकका लागि आफ्ना सीमा खोल्ने तयारी गरेको छ । १७ महिना बन्द रहेका साउदीका नाका अब पर्यटकका लागि अगष्ट १ बाट खुल्ला हुने छन् ।
कोरोना महामारी नियन्त्रणका लागि साउदीले लगाएका बिभिन्न प्रतिबन्धमा सीमा नाका पनि बन्द रुहेका थिए । त्यसका लागि साउदी प्रवेश गर्ने पर्यटकले अनिवार्य कोरोनाविरुद्ध खोप लगाउनु पर्नेछ । साउदीले अहिले ४९ मुलुकका मानिसलाई प्रवेशको अनुमति दिएको छ । जसमा अधिकांश युरोपेली मुलुक छन् । यो सूचीमा चीन र अमेरिका पनि सामेल छन् ।
यी मुलुकका नागरिकले साउदी अरेबिया आउन खोपको प्रमाणपत्र र नेगेटिभ पीसीआर रिपोर्ट हुनु अनिवार्य छ । उनीहरुलाई क्वारेन्टिनमा भने राखिने छैन । चिनियाँ खोप सिनोभ्याक वा सिनोफर्मको खोप लिएका मानिसको लागि तेस्रो डोज पनि अनिवार्य गरिएको छ ।
साउदी जाने पर्यटकले फाइजर, एस्ट्राजेनेका, मोडर्ना वा जोसन एण्ड जोनसनको पुर्ण मात्रा खोप लगाउनु पर्ने जनाइएको छ ।
यस्तै ७२ घण्टा अगाडी कोरोना परिक्षणको रिपोर्ट पनि पेश गर्नु पर्ने छ । साउदी प्रेस एजेन्सीका अनुसार उमराहमा कुनै पनि प्रतिवन्ध हटाउने घोषणा भने गरिएको छैन् । उमर जुन कुनै पनि समयमा गर्न सकिने तीर्थयात्रा हो । उमरकालागि प्रत्येक वर्ष विश्वभरि लाखौं मुस्लिमलाई त्यहाँ जाने गर्दछन् ।
प्रतिक्रिया