शनिबार, वैशाख ८, २०८१

कोरोनाविरुद्धको खोप : तेस्रो डोजको नयाँ प्रयोग

इजरायली प्रधानमन्त्री नफ्ताली बेनेटका अनुसार पहिले नै दुई हजार मानिसलाई कोरोनाविरुद्धको तेस्रो बुस्टर डोजको सफल परीक्षण गरिसकिएको छ ।

नेपालखोज २०७८ साउन १६ गते १०:२१

इजरायली राष्ट्रपतिसँगै उनकी श्रीमती मिकलले पनि भ्याक्सिनको तेस्रो डोज लगाइन् ।

तेलहबिब । इजरायलले कोरोना भाइरसविरुद्ध नयाँ प्रयोग स्वरूप कोरोनाविरुद्धको तेस्रो खोप अर्थात् तेस्रो बुस्टर डोज दिने कामको सुरुवात गरेको छ । इजरायल कोरोनाको बुस्टर डोज दिने संसारकै पहिलो देश हो भने अब ऊ तेस्रो डोज दिने पनि पहिलो मुलुक भएको छ ।

इजरायलमा मानिसहरुलाई लगाइने यो तेस्रो खोपले अध्ययन-अनुसन्धानको कामसमेत गर्नेछ । यसबाट प्राप्त अनुभव अनि परिणामबाट बाँकी संसार कोरोनाविरुद्धको लडाइँमा एउटा नयाँ चरणमा प्रवेश गर्नेछ । इजरायल, अमेरिका, ब्रिटेनसमेत संसारका कैयौं देशमा फाइजर कम्पनीको भ्याक्सिन प्रयोग हुँदै आएको छ । यदि यो खोपको तेस्रो डोज ६० वर्षभन्दा माथिका मानिसलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन सक्षम भयोभने संसारले नै यसको अनुसरण गर्नेछ । यो भ्याक्सिनको तेस्रो डोज हाल ६० वर्ष नाघेका मानिसहरुलाई मात्र दिइने बताइएको छ ।

इजरायलका राष्ट्रपति इसहाक हर्जोगले कोरोना भाइरसविरुद्धको तेस्रो खोप लगाएर यो अभियानको शुभारम्भ गरेका छन् । उक्त अवसरमा इजरायली राष्ट्रपतिले बुस्टर भ्याक्सिनेसनको प्रयोग सुरु गर्न पाउनु गर्वको कुरा भएको बताए । उनले यो चुनौतीपूर्ण महामारीबाट पार पाउँदै सामान्य जनजीवन प्रारम्भ गर्न खोपको तेस्रो डोज महत्त्वपूर्ण साबित हुने कुरा पनि बताए । इजरायली राष्ट्रपतिसँगै उनकी श्रीमती मिकलले पनि भ्याक्सिनको तेस्रो डोज लगाएकी थिइन् ।

अब भेडाको रगतबाट शक्तिशाली एन्टिबडी

इजरायली प्रधानमन्त्री नफ्ताली बेनेटका अनुसार इजरायलमा पहिले नै दुई हजार मानिसलाई कोरोनाविरुद्धको तेस्रो बुस्टर डोज दिएर यसको सफल परीक्षण गरिसकिएको छ । परीक्षणका दौरान कसैमा पनि भ्याक्सिनको गम्भीर दुस्प्रभाव नदेखिएको उनको दाबी छ ।

इजरायल कोरोनाविरुद्धको भ्याक्सिन प्रयोग गर्ने पहिलो मुलुकहरुमध्ये एक हो । इजरायलको ९३ लाख जनसंख्यामध्ये ५७ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको भ्याक्सिनको दुवै डोज लगाइसकेको छ । त्यहाँ ६० वर्षमाथिका ८७ प्रतिशत मानिसले दुवै डोज पाइसकेको बताइन्छ ।

प्रतिक्रिया