शनिबार, फागुन १९, २०८०

दार्चुलामा भारतीय सीमा सुरक्षा बलको ज्यादतिप्रति नेविसंघकाे आपत्ति

नेपालखोज २०७८ साउन १६ गते १२:५१

काठमाडौं । दार्चुलामा भारतीय सीमा सुरक्षा बलको ज्याजतीप्रति नेपाल विद्यार्थी संघले आपत्ती जनाएकाे छ । संघका महामन्त्री बलदेव तिमल्सिनाले दार्चुलाको मालघाटस्थित तुईनबाट माहाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीका जवानले तुईन काटिदिँदा
दार्चुला जिल्ला व्यास गाउँपालिका-२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार माहाकाली नदिमा बेपत्ता भएको खबरले आक्रोशित बनाएको बताएका छन् ।

यस्तो अमानवीय, निन्दनीय र आपत्तिजनक यस विषयमा तुरुन्तै भारतीय पक्षसँग कुरा गरि अपराधीलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाहीसहित क्षतिपूर्तिको ब्यवस्था गर्न नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सरकारसंँग माग गरेका छन् ।

प्रतिक्रिया