तुइन काटिदिएको सम्बन्धमा भारतीय पक्षसँग तत्काल स्पष्टीकरण सोध्न प्रधानमन्त्रीसँग माग
नेपालखोज
२०७८ साउन १६ गते १४:५८

काठमाडौं । महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएको सम्बन्धमा भारतीय पक्षसँग तत्काल स्पष्टीकरण सोध्न संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्रीसँग माग गरेका छन् ।
दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् ।
‘घटनाको छानबिन गरी तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘भारतसँग सीमा जोडिएका क्षेत्रका जनताको सहज जीवन र शान्तिसुरक्षाको ग्यारेन्टी गरिनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छौं ।’

सम्बन्धित

प्रतिक्रिया