जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन
नेपालखोज
२०७८ साउन १६ गते १५:४४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष यादवलाई संसदीय दलको नेता चयन भएका हुन् ।
यादवलाई संसदीय दलको नेतामा पूर्वप्रधानमनत्री एवं संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नै प्रस्ताव गरेका र्थिए भने सांसद् महेन्द्र यादवले समर्थन गरेका थिए ।
नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया