दार्चुला तुइन घटना : प्रशासनले माग्यो युवक बेपत्ताबारे भारतीय पक्षसँग जानकारी

दार्चला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले तुइन तर्ने क्रममा महाकालीमा युवक बेपत्ता भएको घटनामा भारतीय पक्षसँग जानकारी मागेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराइ आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरेकी छन् ।
दार्चुला जिल्लाको व्यास गाउँपालिकामा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षा जवानले तुइनको डोरी काटिदिँदा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।
दार्चुला जिल्लाको व्यास गाउँपालिकामा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षा जवानले तुइनको डोरी काटिदिँदा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । उक्त घटनालाई लिएर यतिबेला चौतर्फि अलोचना भइरहेको छ ।
धामीको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयबाट टोली समेत खटाइएको छ । तर, अझै धामीको अवस्था अज्ञात छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा तुइनबाट खसेर एक युवा वेपत्ता भएको खबरलाई लिएर तथ्यहीन प्रचार नगर्न अनुरोध गरेको छ ।
भारतीय सीमा सुरक्षा बलले डोरी काटेपछि व्याँस गाउँपालिकामा तुइन तर्दै गरेका एक नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको दाबीसहित प्रकाशन–प्रशारण भइरहेको खबरहरु प्रति ध्यानाकर्षण भएको भन्दै प्रशासनले दुई देशबीचको सम्बन्धमा खलल पर्ने गरी तथ्यहीन प्रचार नगर्न आग्रह गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले विज्ञप्ति जारी गर्दै प्रशासन कार्यालयले घटनाका सम्बन्धमा जानकारी दिन भारतीय समकक्षीलाई पत्रचार गरेको र नेपालको तर्फबाट पनि अनुसन्धानका लागि टोली खटिसकेकोले अनुसन्धानपछि मात्र घटनाको यथार्थ थाहा हुने बताइन् ।


प्रतिक्रिया