शुक्रबार, वैशाख ७, २०८१

एमाले स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित, पार्टी एकताको प्रयास जारी

नेपालखोज २०७८ साउन १६ गते १७:१५
फाइल फोटो

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी एकताको लागि विघटित कार्यदलले प्रयास गरिरहेको भन्दै बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा यही साउन २५ देखि २७ गतेसम्म हुने विधान महाधिवेशन र पालिकामा अधिवेशन गर्ने विषयमा छलफलको तालिका रहेको थियो ।

नेता सुवास नेम्वाङले पार्टी एकता जोगाउनका लागि शनिबार समेत विघटित कार्य दलमा रहेका स्थायी कमिटी सदस्यहरुका बीचमा छलफल भएको र पार्टी एकता जोगाउन निरन्तर छलफल गरिरहेको बताएका छन् ।

शनिबार बिहान सिंहदरबारमा कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो । त्यसपछि उपाध्यक्ष भीम रावलले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

प्रतिक्रिया