शुक्रबार, वैशाख ७, २०८१

पहेंलो साडीमा नायिका श्वेता ! (फोटो फिचर)

नेपालखोज २०७८ साउन १६ गते १७:५०

काठमाडौं । नायिका श्वेता खड्का, जो अभिनय सँगसँगै समाज सेवामा पनि उत्तिकै सक्रिय नाम हो ।उनले अभिनय गरेका चलचित्रलाई दर्शकले निकै रुचाउँछन् । सुन्दर अनि शालिन स्वभावकी नायिका खड्का पछिल्लो समय भने चलचित्रको पर्दा भन्दा माझी बस्ती पुनर्निर्माणको कारणले बढी चर्चामा छिन् ।

अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बिहे गरेको एक महिना नपुग्दै उनले पति वियोगको पीडा खेप्नु परेको थियो । त्यसपछि उनले माझी बस्ती निर्माणको घोषणा गरेकी थिइन् । तर, चार वर्षअघि घोषणा गरेको माझी बस्ती निर्माण आर्थिक अभावका कारण अहिले अलपत्र परेको छ ।

माझी बस्ती आर्थिक अभावका कारण अलपत्र परेको भन्ने श्वेताले निकै तडकभडकका साथ विहे गरेको भन्दै उनको आलोचना पनि भएको थियो । यद्यपी, उनले माझी बस्ती आफूले पुनर्निर्माण गरेरै छाड्ने प्रण लिएकी छिन् । नायिका खड्का धनगढीका विजयेन्द्र सिंह रावतसँग गत मंसिर २२ गते विवाह बन्धनमा बाधिएकी थिइन् ।

तस्बिर : श्वेता खड्काको फेसबुकबाट

प्रतिक्रिया