आइतबार, जेठ ६, २०८१

२०२१ का ती चलचित्र जसले गरे सर्वाधिक कमाइ

नेपालखोज २०७८ पुष १३ गते १५:२९

काठमाडौं । २०२० जस्तै २०२१ पनि चलचित्रका लागि राम्रो वर्ष साबित हुन सकेन । नेपालमा त यी दुई वर्ष नै खासै चलचित्र रिलिज भएनन् भन्दा पनि हुन्छ । हातका औंलामा गन्न सकिने ती सिनेमा कहिले हलमा लागे र कहिले उत्रिए कसैले चाल पाएनन् । नेपालमा मात्र होइन विश्वभर नै यो वर्ष धेरैजसो समय सिनेमा घरहरु बन्द नै रहे । जब छिटपुट रुपमा सिनेमा हलहरु खुल्न थाले तब पनि अपेक्षाअनुरुप दर्शकहरुमा हलमा पुगेनन् । यस्तो अवस्थामा दर्शकसम्म पुग्न निर्माता-निर्देशकहरु ओटीटी प्लेटफर्मको शरणमा पुगे । वर्षको अन्तिम तीन महिना भने भारतीय चलचित्रका लागि केही सुखद सन्देश दिने खालको रह्यो । यी तीन महिनामा चलचित्रको बजार फेरि पुरानै लयमा फर्कन थाले जस्तो देखियो भने कोभिडको डरले घर भित्र खुम्चिएका मानिसहरु पनि सिनेमाघरतर्फ आकर्षित देखिए ।

एफ नाइन
प्रदर्शन मिति : २ सेप्टेम्बर २०२१
निर्देशक : जस्टिन लिन
कलाकार : विन डिजल, मिसेल रोड्रिगेज, लुडेक्रिस, जोन सिना, चार्लिज थोर‍न ।
आम्दानी : २०० मिलियन डलर अर्थात करिब २४०० करोड रुपैयाँमा तयार पारिएको एफ नाइनले संसारभरबाट करिब ९००० करोड रुपैंयाँ उठायो ।
यो चलचित्र किन पनि बढी हेरियो भने यो ‘फास्ट एन्ड फ्युरियस’ सिरिजको चलचित्र थियो जसका प्रशंसक संसारभर छन् ।

गोडजिला भर्सेज किङकङ
प्रदर्शन मिति : २४ मार्च
निर्देशक : एडम विगार्ड
कलाकार : एलेगजेन्डर स्कार्सगार्ड, मिली बबी ब्राउन, रेबेका हल ।
आम्दानी : मोनस्टर वर्षको यो चौथो चलचित्र गोडजिला भर्सेज किङकङ १६०० करोड बजेटको चलचित्र हो । कोभिडको महामारीबीच पनि यो फिल्मले संसारभर ४६७.८ मिलियन डलर अर्थात् ५४०० करोड रुपैंयाँ जति आम्दानी गर्यो ।
गोडजिला सिरिज संसारभर प्रसिद्ध छ । यो चलचित्रले त्यसको फाइदा पनि पायो । सुपरहिरो सिरिजका फिल्ममा राम्रो विषयवस्तुको अपेक्षा कमै गरिन्छ । यस्ता चलचित्र चमत्कार र एक्सनले भरिपूर्ण हुन्छन् । यो चलचित्र पनि त्यस्तै थियो ।

शांग ची एन्ड द लिजेन्ड अफ द टेन रिंग्स
‘प्रदर्शन मिति : ३ सेप्टेम्बर
निर्देशक : डेस्टिन डेनिएल क्रेटन
कलाकार : सिमु ली, अक्वाफिना, फाला चेन, टोनी ल्युङ ।
आम्दानी : मार्बल सिनेमाको यो २५औं चलचित्र ‘शांग-ची’ १७५० करोड रुपैंयाँभन्दा बढीमा निर्माण भएको हो । यो फिल्मले संसारभरबाट ४०० मिलियन डलर अर्थात् करिब ४७०० करोड रुपैयाँको व्यापार गर्यो । जबकि यो चलचित्र चीनमै प्रदर्शन हुन सकेको थिएन ।
मार्बलको चलचित्र आफैंमा एउटा ब्रान्ड हो । यो कमिक्समा धेरै कम चलचित्र बनेका छन र तिनको कमाइ पनि त्यति राम्रो छैन । यद्यपि, शाङ-ची कैंयन् दृष्टिले अलग किसिमको चलचित्र हो ।

इन्टरनल्स
प्रदर्शन मिति : ५ नोभेम्बर
निर्देशक : क्लो झाओ
कलाकार : रिचर्ड म्याडन, एन्जेलीना जोली, सलमा हायक, गेमा चाङ ।
आम्दानी : मार्बल सिनेम्याटिक युनिभर्सको २६औं फिल्म ‘इन्टरनल्स’ को लगानी २६०० करोड रुपैंयाँ थियो भने यो चलचित्रले संसारभरबाट ३०० मिलियन डलर अर्थात् ३५०० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।
यो चलचित्रको सफलतामा अमेरिका बाहिरका दर्शकको ठूलो भूमिका छ ।

स्पाइडरम्यान-नो वे होम
प्रदर्शन मिति : १७ डिसेम्बर
निर्देशक : जोन वाट्स
कलाकार : टम हलेन्ड , एंड्रू गारफिल्ड, टोबी मेग्वायर, बेनेडिक्ट कन्बरबेच, जेन्दाया ।
आम्दानी : एमसीयूमा आउने स्पाइडरम्यान सिरिजको तेस्रो फिल्म ‘स्पाइडरम्यान – नो वे होम’ को निर्माण खर्च २४०० करोड रुपैयाँ हो । यो चलचित्रले प्रदर्शनको पहिलो साता नै करिब ९६०० करोड कमाइ गरिसकेको थियो । यो चलचित्र चीनमा प्रदर्शन हुन बाँकी नै छ ।
‘स्पाइडरम्यान’ त्यसै पनि दर्शकलाई मनपर्ने सुपरहिरो हुन् । यो चलचित्रमा तीन अभिनेताले स्पाइडरम्यानको भूमिका निर्वाह गरेका छन् ।

मास्टर
प्रदर्शन मिति : १३ जनवरी
निर्देशक : लोकेश कनगराज
कलाकार : जोसफ विजय, विजय सेतुपति, मालविका मोहनन ।
आम्दानी : ‘मास्टर’ वर्ष २०२१ को पहिलो ठूलो भारतीय फिल्म हो जुन सिनेमाघरमा प्रदर्शनमा आएको थियो । यो कोभिडको पहलो र दोस्रो लहरको बीचको कुरा हो । त्यतिबेला सिनेमाघरहरु आधा मात्र भरिन्थे । करिब २२५ करोड रुपैयाँको यो तमिल फिल्मले संसारभरबाट ३६० करोड जति कमाइ गर्यो ।
यो फिल्मको धुँवाधार कमाइको कारण सुपरस्टार थलपति विजय पनि हुन जसक‍ो ‘मास्टर’ मा विजय सेतुपतिसँग टक्कर पर्छ । यो कुराले यो फिल्मलाई एक्सट्रा माइलेज दिएको पाइएको छ ।

सूर्यवंशी
प्रदर्शन मिति : ५ नोभेम्बर
निर्देशक : रोहित सेट्टी
कलाकार : अक्षय कुमार, कटरीना कैफ, ज्याकी श्राफ, अभिमन्यु सिंह ।
आम्दानी : ‘सूर्यवंशी’ २०० करोड भन्दा माथिको चलचित्र हो । प्रिन्ट र पब्लिसिटीसमेत जोड्दा यो चलचित्रको बजेट २९० करोड जति हुन आउँछ । कोरोनाका कारण डेढ वर्ष रोकीएको यो फिल्ममा त्यही कारणले थप ३० करोड बढी खर्च लागेको बताइन्छ । यसरी जम्मा ३२० करोड रुपैयाँ खर्च भएको ‘सूर्यवंशी’ ले वर्ल्डवाइड रुपमा ४७० करोड कलेक्ट गरिसकेको छ । ‘सूर्यवंशी’ रोहित सेट्टी र अक्षय कुमारको पहलो चलचित्र हो जसमा अजय देवगन र रणवीर सिंहजस्ता सुपरस्टार पनि छन् । यो चलचित्रले खराब र एभरेज रिभ्युका बाबजुद सफलता प्राप्त गर्यो भने यो २०२१ को सबैभन्दा सफल बलिउड फिल्म मानियो ।

रूही
प्रदर्शन मिति : ११ मार्च
निर्देशक : हार्दिक मेहता
कलाकार : जाह्नवी कपुर, राजकुमार राव, वरुण शर्मा ।
आम्दानी : ‘रूही’ लामो लकडाउन पछि थिएटरमा उतारिएको हिन्दि चलचित्र थियो । यसअघि कुनै पनि निर्माता आफ्नो चलचित्र सिनेमाघरमा लगाउन तयार थिएनन् किनभने सिनेमाघरमा कुनै पनि दर्शक आइरहेका थिएनन् । रूही त्यति ठूलो चलचित्र पनि होइन त्यसैले यसमा रिस्क पनि कमै थियो । ३२ करोडको यो चलचित्रले भारतमा ३८ करोड जति कमाइ गर्यो भने विदेशको समेत आम्दानी जोड्दा यसको कुल कमाइ ४८ करोड रुपैयाँ जति हुन आउँछ । सानो बजेटको चलचित्रका लागि यो ठीक-ठाक कमाइ हो । यद्यपि सामान्य परिस्थितिमा भएको भए यसले थप कमाइ गर्नसक्थ्यो । एउटा साधारण विषयमा ह्युमर भरेर विशेष सन्देशका साथ प्रस्तुत गरिएको यो चलचित्रले आफ्नो कन्टेन्टका बलमा सफलता पाएको हो । लामो समयको लकडाउनबाट दिक्क भएका मानिसका लागि यो चलचित्र रमाइलो खुराक साबित भयो ।

अन्तिमः द फाइनल ट्रूथ
प्रदर्शन मिति : २६ नोभेम्बर
निर्देशक : महेश मांजरेकर
कलाकार : आयुष शर्मा, सलमान खान, महिमा मकवाना, सचिन खेडेकर ।
आम्दानी : ‘अन्तिम’ ५३ करोड रुपैयाँमा तयार पारिएको चलचित्र हो जसको प्रिन्ट र पब्लिसिटीमा थप १५ करोड रुपैयाँ खर्च भएको छ । करिब ६० करोडको यो चलचित्रले निर्माताहरुको अपेक्षाअनुरुप कमाइ गर्न सकेन । तैपनि यसले भारतमा ६० करोड कमायो । यसको वर्ल्डवाइड कलेक्सन जोडेर कुल कमाइ ९० करोडको हाराहारिमा भएको बताइन्छ ।
यो एउटा मराठी चलचित्रको रिमेक हो । आफ्ना बहिनी ज्वाइँलाई चलचित्रमा उतार्न सलमान खानले यो चलचित्रलाई बोक्ने काम गरे जसले गर्दा पनि यसको कमाइ यति भयो । सलमान नभएको भए यो चलचित्र डब्बा साबित हुने थियो किनभने यसको समीक्षा पनि त्यति राम्रो रहेन ।

बेल बटम
प्रदर्शन मिति : १९ अगस्त
निर्देशक : रन्जीत एम. तिवारी
कलाकार : अक्षय कुमार, लारा दत्ता, वाणी कपुर, हुमा कुरैसी ।
आम्दानी : ‘बेल बटम’ लकडाउनमा छायांकन गरेर सिनेमाघर खुलेपछि सुरुमै रिलिज गरिएको चलचित्र हो । प्रोडक्सन कस्ट ८० करोड रुपैयाँ तथा प्रिन्ट र पब्लिसिटीको १५ करोडसहित कुल ९५ करोडको यो चलचित्रको लगानीमा अक्षय कुमारको पारिश्रमिक जोडिएको छैन किनभने उनले चलचित्रको आम्दानीबाट महत्त्वपूर्ण रकम लिने सर्तमा काम गर्न थालेका छन् । बेलबटमको भारतीय कमाइ ५२ करोड जति रह्‌यो भने यसले संसारभरबाट बढीमा ९० करोड संकलन गर्यो । अक्षय कुमार बक्स अफिसका किङ मानिए पनि यो चलचित्रले सिनेमाघरबाट लगानि मात्र उठाउन सक्यो । यद्यपि अहिले चलचित्रहरुले गीत, टेलिभिजन आदि बाट पनि कमाइ गर्ने हुँदा यो चलचित्र घाटामा जान पाएन । दर्शकहरु सिनेमाहलसम्म पुग्न डराएका कारण पनि यो चलचित्र एभरेज आम्दानी गर्ने चलचित्र साबित भयो ।

पुष्पा
प्रदर्शन मिति : १७ डिसेम्बर
निर्देशक : सुकुमार
कलाकार : अल्लू अर्जुन, रश्मिका मन्दाना, फहाद फाजिल ।
आम्दानी : दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ को बजेट करिब सबा ३०० करोड भएको बताइन्छ । यसमा प्रिन्ट-पब्लिसिटी खर्चसमेत जोडिएको छ । भनिन्छ यो चलचित्रले पहिलो साता नै संसारभरबाट ३६० करोडभन्दा बढी कमाइ गर्यो । ‘पुष्पा’ यो वर्षको सफल भारतीय चलचित्र ह‍ो । अल्लू अर्जुन य‍ो चलचित्रको सफलताको एउटा प्रमुख कारण हुन् । यो मेनस्ट्रिम फिल्म हो जसमा मानिसहरु निकै रमाएका छन भने यसको श्रेय डाइरेक्टर सुकुमारलाई पनि जान्छ ।

चन्डिगढ करे आशिकी
प्रदर्शन मिति : १० डिसेम्बर
निर्देशक : अभिषेक कपुर
कलाकार : आयुष्मान खुराना, वाणी कपुर ।
आम्दानी : ‘चन्डिगढ करे आशिकी’ ४८ करोड रुपैयाँमा बनेको चलचित्र हो । यसको प्रिन्ट र पब्लिसिटीमा थप १५ करोड जति खर्च भएको बताइन्छ । यो फिल्मले भारतीय सिनेमाघरहरुबाट ४६ करोड कलेक्ट गरिसकेको छ । यो चलचित्र अपेक्षाको कसिमा खरो उत्रिएको छैन । आयुष्मानले पछिल्ला दिनमा एक से एक हिट फिल्म दिएका छन् । त्यसैलाई मध्यनजर गर्दै यो चलचित्रले ८० करोडसम्म कमाउने अनुमान गरिएको थियो । कमाइका हिसाबले यो बक्स अफिसको सफल चलचित्र होइन भने यसले निर्माताहरुलाई घाटा पनि खुवाएको छैन ।

तडप
प्रदर्शन मिति : ३ डिसेम्बर
निर्देशक : मिलन लुथरिया
कलाकार : अहान सेट्टी, तारा सुतारिया, सौरभ शुक्ला, कुमुद मिश्रा ।
आम्दानी : ‘तड़प’ ३० करोडभन्दा कम बजेटको चलचित्र हो जसको प्रमोसनमा ११ करोड जति खर्च गरियो । कुल ४० करोड हाराहारीको यो चलचित्रले संसारभरबाट करिब ५० करोड कमाइ गरिसकेको छ । ‘तडप’ औसत चलचित्र हो । यो तेलगु चलचित्र आर एक्स १०० को रिमेक हो र यसको सफलताको सबैभन्दा ठूलो कारण पनि यही हो । यसको ओरिजिनल फिल्म सुपर हिट थियो ।

जसले सिनेमाघरको अनुहार देख्न पाएनन्
यी त भए केही ठूला चलचित्रका कुरा जसले २०२१ मा थिएटरको अनुहार हेर्ने मौका पाए । अर्कातिर सिनेमाघरसम्म पुग्न नपाउने केही चलचित्र पनि छन् जसले ओटीटी प्लेटफर्ममै चित्त बुझाए । यो सूचीमा सबैजसो सुपरस्टारका चलचित्र छन् । सलमान खानको ‘राधे’ देखि लिएर अजय देवगनको ‘भुज- द प्राइड अफ इन्डिया’, अक्षय कुमारक‍ो ‘अतरंगी रे’, अभिषेक बच्चनको ‘द बिग बुल’, फरहान अख्तरको ‘तुफान’, सिद्धार्थ मल्होत्राको ‘शेरशाह’ तथा विकी कौशलको ‘सरदार उधम सिंह ’ जस्ता चलचित्र यो सूचीमा छन् । यी चलचित्रले बक्स अफिसमा सफलताको झन्डा गाड्ने अपेक्षा गरिएको थियो । यद्यपि यी चलचित्र स्ट्रिमिङ प्लेटफर्ममा निकै हेरिएका बलिउड चलचित्र हुन् ।

प्रतिक्रिया