शुक्रबार, वैशाख १४, २०८१

लुम्बिनी प्रदेश सभाका विपक्षी चार दलद्वारा नयाँ सरकार गठनको व्यवस्था मिलाउन आग्रह

नेपालखोज २०७८ साउन १६ गते १८:१८

बुटवल । लुम्बिनी प्रदेश सभाका विपक्षी चार दलले प्रदेश प्रमुख अमिक शेरचनसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वका सरकार अल्पमतमा रहेकाले यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संसदीय दलका नेताहरुले प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षण पत्र बुझाउँदै बहुमतको नँया सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

प्रतिक्रिया