बैतडीमा जङ्गली जनावरले मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित (फोटो फिचर)

नेपालखोज २०७८ साउन १६ गते १९:५१

बैतडी । प्रस्तुत तस्बिरहरु बैतडीको पाटन क्षेत्रमा रोपिएका धानखेती र अन्य खेतीका हुन्। पहाडी क्षेत्रका किसानले यतिबेल खेत रोपेर सकिसकेका छन् । रोपिएका खेतहरु यतिबेला हरियाली भइसकेका छन् । बैतडीको पाटन क्षेत्रलाई धानखेतीको पकेट क्षेत्रका रुपमा चिनिन्छ ।

पहाडी क्षेत्रमा सिँचाईको सुविधा छैन्, जसले गर्दा किसान आकाशे पानीकै भरमा खेती गर्दै आएका छन् । नेपालमा मनसुन छिटो भित्रिएको वर्ष पहाडी क्षेत्रमा किसानलाई रोपाई गर्न सहज हुन्छ । यस वर्ष पनि मनसुन छिट्टै भित्रिएकाले पहाडी क्षेत्रका किसानले छिट्टै रोपाई सकेका छन् ।

धानखेतीका साथसाथै बैतडीमा मकै बाली पनि राम्रो हुन्छ । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ चडेपानीमा गरिएको मकैखेती यस वर्ष राम्रो छ तर जङ्गली जनावरले मकैबाली सखाप पार्न थालेपछि यहाँका किसानलाई जोगाउन धौ धौ परेको छ ।

तस्बिर : रासस

प्रतिक्रिया