विवादमा सेबोन अध्यक्ष ढुंगाना, पदीय दुरुपयोगको आरोप

नेपालखोज २०७८ साउन १६ गते २१:१५

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भिष्मराज ढुंगाना विवादमा मुछिएका छन् । अध्यक्ष ढुंगानाले बोर्डमा रहँदा पदको दुरुपयोग गर्दै सर्वोत्तम सिमेन्टको सेयर आफ्नो छोरीको नाममा राखेको पाइएपछि ढुंगाना विवादमा मुछिएका छन् ।

उनलाई सर्वोत्तम सिमेन्टको इन्साइडर ट्रेडिङ प्रकरणमा अर्थ मन्त्रालयले स्पष्टीकरणका लागि बोलाएको छ ।
मन्त्रालय स्रोतका अनुसार उनले कानुनविपरीत सर्वोत्तम सिमेन्टको सेयर हत्याएको र अख्तियारमा पनि उनले भ्रष्टाचार गरेको भन्दै उजुरी परेको तथ्य बाहिर आएपछि उनलाई मौखिक स्पष्टिकरणका लागि बोलाइएको हो ।

यसअघि पनि उनले चलखेल गरेका थुप्रै विषय बाहिर आइसकेका छन् । त्यही कारण पनि मन्त्रालयले ढुंगानाका गतिविधिमाथि सूक्ष्म नजर राखिरहेको चर्चा छ । खुलेयाम पदको दुरुपयोग गरेको तथ्य बाहिर आएपछि उनको कार्यकाल लगभग सकिएको अड्कल गर्न थालिएको छ ।

प्रतिक्रिया