देशभर बदली, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७८ साउन १७ गते ६:३३

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जसका कारण आगामी २४ घण्टामा प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज बिहान देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले आज बिहान जारी गरेको नियमित मौसम पूर्वाअनुमान बुलेटिनमा राती प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया