आइतबार, जेठ ५, २०८२

रोकियो कोरोना बिमाको दाबी भुक्तानी

नेपालखोज २०७८ साउन १७ गते ७:०४

काठमाडौं । सरकारले तोकिएको रकम निकासी गर्न ढिला गरेपछि सबै निर्जीवन बिमा कम्पनीले कोरोना बिमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बिमक संघको आह्वानमा २० निर्जीवन बिमा कम्पनीले शुक्रबारदेखि कोरोना बिमाको दाबी भुक्तानी औपचारिक रूपमा स्थगित गरेका हुन् ।

सरकारले बजेट निकासी नगर्दा कम्पनीहरूले वैशाखयता नै कोरोना बिमाको दाबी भुक्तानीमा ढिलाइ गरेका थिए । अहिले औपचारिक रूपमा नै कोरोना बिमाको दाबी भुक्तानी स्थगन गरिएको संघले बताएको छ । संघका कार्यकारी सदस्य तथा एनएलजी इन्स्योरेन्सका सीईओ सुनीलबल्लभ पन्तले कोरोनाको दाबी भुक्तानी हाललाई स्थगन गरिएको बताए । सरकारले प्रतिबद्धता गरेअनुसार रकम निकासी नगर्दा दाबी भुक्तानी स्थगन गरिएको उनको भनाइ छ ।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले उक्त रकम निकासी हुने प्रक्रियामा रहेको बताए । अबको एक/डेढ सातामै यस विषयमा निर्णय हुने उनको भनाइ छ ।

प्रतिक्रिया