टोकियो ओलम्पिक : चीन शीर्षमा स्थानमा कायम, जापान र अमेरिका पछ्याउँदै
नेपालखोज
२०७८ साउन १७ गते ७:१५

काठमाडौं । टोकियो ओलम्पिकको पदक तालिकामा चीन शीर्षस्थानमा कायमै रहेको छ ।
शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो । चीनले अहिलेसम्म २१ स्वर्ण, १३ रजत र १२ कास्य गरी कुल ४६ पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको आयोजक जापान १७, स्वर्ण ५ रजत र ८ कास्यगरी कुल ३० पदकसहित दोस्रो स्थानमा रहेको छ । शनिबार दुई स्वर्ण जितेको अमेरिका १६ स्वर्ण, १७ रजत र १३ कास्यगरी कुल ४६ पदकसहित तेस्रो स्थानमा यथावत रहेको छ ।
टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ४९ राष्ट्रले स्वर्ण जित्दा ७६ राष्ट्रले पदक जित्न सफल भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया